Breaking News.... EverestOnlineKhabar
August 11, 2026

म्यानचेस्टर युनाइटेडद्वारा आर्सनल २ – १ ले पराजित

Loading

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । युनाइटेडले आर्सनललाई २ – १ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेड लाई जित दिलाउन पाउल पोग्बा र मारोउने फेलानीले समान एक एक गोल गरे । आर्सनलका हेन्रिख मिखीटेरियनले एक गोल फर्काएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

ओल्ड ट्राफोर्डमा खेलको १६ औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले पछि परेको आर्सनल दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ५१ औं मिनेटमा मिखीटेरियनले पुर्व क्लबविरुद्ध गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

यसै सिजन युनाइटेडबाट आर्सनल गएका मिखीटेरियनले पुर्व क्लबविरुद्ध पहिलो गोल गरेका हुन् । तर, मिखीटेरियनको गोलले पाहुना टोली आर्सनलको हार टार्न सकेन् । खेलको अन्तिम मिनेटको खेल बाँकी रहदा ९० औं मिनेटमा फेलानीले गोल गर्दै युनाइटेडलाई २ – १ को जित दिलाए ।

जितसँगै लिगको दोस्रो स्थानको युनाइटेडले ३५ खेलबाट ७७ अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटिभन्दा १५ अंकले पछि छ भने तेस्रो स्थानको लिभरपुलभन्दा ५ अंकले अघि रहेको छ । सिटीको ९३ अंक छ भने लिभरपुलको ७२ अंक छ । ५७ अंक जोडेको आर्सनल लिगको छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed