![]()
रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन शुरु भएको छ। सम्मेलनको संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभयो ।
सम्मेलनमा १६ देशको सहभागिता रहेको छ भने ७० जना अन्तर्रा्ष्ट्रिय प्रतिनिधि छन । अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सम्मेलनमा सहभागी छन । विभिन्न देशका बौद्ध विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची छ ।
दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ।


