![]()
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बोलाउने घोषणा गर्नुभएको छ ।
पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभपाति देउवाले महासमिति बैठक छिट्टै बोलाइने जानकारी दिनुभयो ।
महासमितिको बैठक कहिले बोलाउने भन्ने कुरा चाहिं उहाँले खुलाउनु भएन । कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमिति बैठक बोलाउनेबारे महामन्त्री डा. सशांक कोइरालाको प्रस्ताव आउन बाँकी रहेको अवस्थामा उहाँले मिति नखुलाउनु भएको हो ।
कार्यक्रममा बोल्दै सभापति देउवाले महासमितिमा मुस्लिमहरूका लागि आरक्षण बढाउने प्रतिबद्धता जनाउनुभयो । मुस्लिम संघका अध्यक्ष अब्दुल सदरले कांग्रेसमा मुस्लिमलाई आरक्षण कम भएको गुनासो गरेपछि सभापति देउवाले महासमितिपछि विधान संशोधन गरी आरक्षण बढाउने आश्वासन दिनुभएको हो ।


