Breaking News.... EverestOnlineKhabar
October 3, 2026

नेपाल एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करणमा पदकविहीन

Loading

काठमाडौं ।  साबिक विजेता किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करणमा पदकविहीन  भएको छ।

तेस्रो संस्करणमा कांस्य पदक जितेको नेपालले  बंगलादेशको मिरपुरस्थित शुरवर्दी इन्डोर स्टेडियममा तेस्रो स्थानका लागि भएको प्लेअफमा कीर्गिस्तानलाई २५–२०, २५–२२, २५–२० को सोझो सेटमा नतिजा सुम्पिएको थियो।

सेमिफाइनलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित हुँदाकै जस्तो गल्तीलाई निरन्तरता दिएपछि नेपालले तेस्रो स्थानको प्लेअफमा निराशा भोग्नु परेको थियो ।  नेपाली टोलीले रिसिभ र ब्लकमा सुधार गर्न नसक्दा कम्तिमा गत संस्करणमा कांस्य पदक जित्दै हासिल गरेको उपलब्धिलाई निरन्तरता दिने लक्ष्य हासिल गर्न सकेन।

 नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले उद्धघाटन खेलमै आयोजक बंगलादेशसँग पराजित भएपछि खेलाडीको मनोबल उच्च बन्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed