Breaking News.... EverestOnlineKhabar
October 3, 2026

रोहिंग्या शरणार्थीलाई थप सहायताका लागि राष्ट्रसंघको आग्रह

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरुका लागि कम्तीमा पनि २५ करोड डलर सहायता चाहिएको बताएका छन्। उनीहरुले बंगलादेशमा रहेका रोहिंग्याहरुको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका हुन्।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले बंगलादेशको र म्यानमारको भ्रमण गर्नुअघि म्यान्माली शरणार्थीलाई सो सहायता उपलब्ध गराउन विश्वका दाता राष्ट्र तथा संस्थाहरुलाई सो आग्रह गरेका हुन्। राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा  अहिले पनि सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै फर्काउन सकिने गरी कुनै प्रगति नभएकोले उनीहरुका लागि यो सहायताको आवश्यकता परेको बताएका हुन्।

रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमण गर्ने भएको छ ।सो भ्रमण सुरु गर्नुअघि उनीहरु कुवेत पुगेका थिए । उनीहरुले त्यहाँ पनि केही अधिकारीहरुसँग शरणार्थीको सहयोगका लागि परामर्श गरेका बताइएको छ।

म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल म्यानमारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ । तर यो अनुमानित तथ्यांकमात्र भएको बताइएको छ।करिब सात लाख रोहिंग्या मुसलमान त म्यानमारको राखिन राज्यबाट गएको अगष्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए।

हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो।सोही कारण पनि रोहिंग्या शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन्।म्यानमारको सरकारलेशरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed