Breaking News.... EverestOnlineKhabar
June 24, 2026

उर्जा मन्त्री पुनद्वारा रसुवाका जलबिद्यूत आयोजनाको निरीक्षण, तोकिएको समयमा परियोजना पूरा गर्न निर्देशन

Loading

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन् । जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन रसुवा गएका हुन ।

मन्त्री पुनले शनिबार १११ मेघावाटको रसुवागढी जलविद्युत परियोजनाको निरीक्षण गरेका छन् । शनिबार नै उनले साञ्जेन जलविद्युत आयोजनाको पनि निरीक्षण गरेका छन ।

मन्त्री पुनले शुक्रबार त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गरेका थिए । आयोजना निरीक्षणको क्रममा मन्त्री पुनले सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नगर्न तर परियोजना तोकेकै समयमा सक्न निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed