Breaking News.... EverestOnlineKhabar
August 16, 2026

बैशाख २० को बैठकपछि मात्रै पार्टी एकताको मिति घोषणा : नारायणकाजी श्रेष्ठ

Loading

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैशाख २० गते बस्ने दुई पार्टीका शीर्ष नेताहरुको बैठकपछि मात्रै पार्टी एकताको नयाँ मिति घोषणा हुने बताउनु भएको छ ।

पार्टीको आन्तरिक बैठकमा सहभागी हुन गोरखा पुग्नु भएका नेता श्रेष्ठले पार्टी एकताको आधार तय भइसकेको तर केही प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले एकता घोषणा गर्न ढिलाई भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहि वैशाख २० गते हाम्रा दुई पार्टीका अध्यक्षहरुको बैठक छ। त्यसको भोलिपल्ट वा पर्सिपल्ट हामी पार्टी एकता संयोजन समितिको बैठक बस्छौँ। त्यही बैठकले पार्टी एकताको मितिको घोषणा गर्नेछ।’

नेता श्रेष्ठले पार्टी एकताको विषयलाई लिएर अहिले विभिन्न प्रकारका अडकलबाजी भइरहेका जनाउँदै हल्लाको पछाडी नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

पार्टी एकताको दिनलाई नयाँ दिवसका रुपमा मनाउने जानकारी दिंदै उहाँले भन्नुभयो, अबचाहिँ हाम्रै एकतालाई ऐतिहासिक दिवस मनाउने गरी हामी घोषणा गर्ने तयारीमा छौँ।’ उहाँले नेपालको आन्तरिक मामिलामा विदेशी शक्तिले हस्तक्षेप गर्ने दिन समाप्त भएको दाबीसमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.