Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा एक जना पक्राउ

Loading

नयाँदिल्ली,बैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सन् १९९८ मा कोयम्बटूरमा गराइएको बम विस्फोटमा दोषी ठहरिएका मोहम्मद रफीकलाई तामिलनाडु प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनलाई गिरफ्तारपछि १५ दिनको न्यायिक हिरासतमा राखिएको छ । उनले सन् १९९८ म भएको बम विस्फोटको मुद्धामा पाएको सजाय पूरा गरिसकेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार आरोपी मोहम्मद रफीकको टेलिफोन रेकर्डिङ प्रहरीले फेला पारेको छ । जसमा रफीकले प्रकाश नाम गरेका व्यापारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनाएको कुरा भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.