Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सिरियालाई रुसले निःशुल्क मिसाइल प्रदान गर्ने….

Loading

एजेन्सी,बैशाख ।
मस्कोले सिरियाली सेनालाई नयाँ एस–३०० प्रतिरक्षात्मक मिसाइल प्रणाली बिनाशुल्क प्रदान गर्ने तयारी गरिरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । रुसी प्रशासनका अधिकारीहरुले सिरियाली क्षेत्रमा विशेषगरी इजरायलसँगको खतराका कारण बसर अल अस्सदको सेनालाई प्रतिरक्षात्मक हवाइ मिसाइल पठाउने योजना बनाइरहेको बताइएको हो ।
यसअघि २०१३ मा पनि राष्ट्रपति पुटिन सिरियामा मिसाइल पठाउन तयार भइसकेका थिए तर इजरायलको दबाबका कारण उनले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । अहिले भने सिरियामा अमेरिका र बेलायतको हमला र साथै इजरायलको लगातार धम्कीपछि क्रेम्लिनले फेरि सिरियाली सेनाको मद्दतका लागि मिसाइल पठाउने तयारी गरिरहेको खबर बाहिर आएको हो ।
रुसका सैन्य अधिकारीहरुले बताए अनुसार क्रेम्लिनले बिना शुल्क सिरियाली राष्ट्रपति बसर अल अस्सदलाई हवाइ प्रतिरक्षात्मक मिसाइलहरु दिनेछन् जसपछि सिरियामा हमला गरे इजरायलले निकै भयानक परिणाम भोग्नुपर्ने हुन्छ ।
रुसले सिरियालाई प्रदान गर्ने भनेको एस–३०० को पीएमयु–२ भर्जन को प्रतिरक्षात्मक प्रणालीले लामो दुरी र धेरै उचाइका हवाइ मिसाइलबाट समेत सुरक्षा दिन सक्ने बताइएको छ । सिरियाली क्षेत्रमा यसअघि इजरायलको वायुसेना हावी रहँदै आएकाले रुसको सो कदमपछि मध्य पूर्वमा सेनाशक्तिको सन्तुलन बदल्निे अनुमान गरिएको छ ।
हालै मात्र रुसका विदेश मन्त्री सेर्गी लेम्भरोभले यसबारे क्रेम्लिनले अन्तिम निर्णय नलिइसकेपनि पश्चिमी मुलुकहरुको आक्रामक प्रतिक्रियाको जवाफ दिनैपर्ने भएमा रुसले सिरियालाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed