Breaking News.... EverestOnlineKhabar
August 17, 2026

अब उपत्यकाको ६ ठाउँबाट पुलिस रिपोर्ट लिन पाइने

Loading

काठमाडौ,बैशाख ।
नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई मंगलबारदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको जानकारी दिए । सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएको नेउपानेले बताए ।
यस्तै प्रहरीले उपत्यका बाहिर १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.