![]()
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्ति सञ्चयमा नलाग्न सुझाव दिएका छन्।
नयाँ बर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्नेक्रममा मन्तव्य राख्दै अध्यक्ष राणाले प्रधानमन्त्रीले राज्यका महत्वपूर्ण निकाय आफू मातहत राखेर शक्ति संचय गर्नुभन्दा विकासका एजेण्डामा ध्यानदिनुपर्ने बताए ।
उनले भने ‘शक्ति सञ्चयभन्दा मुलुकको मुहार फेर्ने काममा एकलव्य भएर लागेमा अरु दलहरुले पनि सहयोग गर्छन्।’
प्रधानमन्त्रीले रेल र पानी जहाजका कुरा उछालेको तर निजगढ बिमानस्थल, जलबिद्यूत आयोजनाको विकासका सन्दर्भमा खासै ध्यान नदिएको उनको आरोप छ । राणाले राप्रपा प्रजातान्त्रिक अहिले प्रधानमन्त्री ओलीको आलोचना गर्ने पक्षमा भने नरहेको बताएका छन्।
राणाले पार्टीको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै राप्रपा प्रजातान्त्रिकको संगठनलाई बजबुद बनाउनुपर्ने अवस्था आएको बताएका छन्। उनले राप्रपाका सबै धारहरुलाई एककीत भएर शशक्त राष्ट्रवादी शक्ति निर्माणको अभियानमा लाग्न समेत अपिल गरेका छन्।


