![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नुभएको छ । विषेश केही नभए पनि सोमबारको दिन पारेर उहाँले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले व्यक्तिगत रुपमा आधा घण्टा लगाएर पञ्चामृत पूजा गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पूजा सकेर पशुपति विकास कोषमा जानुभएको थियो ।
कोषको कार्यालयमा कोषका पदाधिकारीले राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्रमा भएका काम, त्यसको प्रगति र आगामी योजनाका बरोमा जानकारी गराएका थिए ।
कोषका पदाधिकारीले ब्रिफिङ्गपछि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्र विश्वका हिन्दुको आस्थाको केन्द्र र नेपालको ठूलो सम्पदा रहेकाले यसको महिमा अझ उचो हुने गरी काम गर्न आग्रह गर्नुभयो ।


