Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सगरमाथाको प्राकृतिक स्वरुपलाई कायम राखौं : प्रधानमन्त्री ओली

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका नेपालका कुनैपनि हिमाल प्रदुषित हुन दिनु नहुने बताउनुभएको छ ।

ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालमा पनि परेको भन्दै सगरमाथालाई सफा राख्नुपर्नेमा जोड दिनुभयो । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको पासाङ प्रतिष्ठा रजत दिवशका अवशरमा प्रधानमन्त्री ओलीले नेपालका उच्च हिमश्रृंखलाहरुमा जलबायु परिवर्तनको असर देखा पर्ने थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङले नेपाली महिलाले पनि सगरमाथा चढ्न सक्छन् भन्ने साहस सबैमा भरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सगरमाथा लगायत नेपालका उच्च हिमश्रृंखलाहरुमा जलबायु परिवर्तनको असर देखा पर्ने थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

“सगरमाथा कुनै कारणले पनि प्रदुषित हुनुहुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुखद कुरा हो ।” प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउनु नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.