![]()
सागर भट्टराई–
समय परिर्वतनशिल छ । आज भन्दा ४९ बर्ष अगाडी जननायक बिपी कोइरालाले सुन्दरीजलभित्र कालो कोठामा परिकल्पना गरेको नेपाल विद्यार्थी संघ आजको दिनमा नाम मात्रको नेविसंघ भएको छ । जनजिविकाका तमाम समस्या समाधान गर्ने तिर सत्तापक्षलाई ध्यानाकर्षण गराउनुमात्र नभई दवाव सिर्जना गर्नु र आवश्यक परे सत्ता पक्षलाई जनजिविकाका सवाल र विद्यार्थीका तमाम समस्या समाधान गर्नेतिर सत्तापक्षलाई घुँडा टेकाउन पछि नपर्ने सम्मको अभियान नेविसंघको मुल कर्म र मर्म हो ।
यी त भए सदावहार मुद्धा । यी सदाबहार मुद्धा बाहेक समयसंगै नेविसंघले हेर्नुपर्ने मुद्धा र समयअनुसार परिर्वतन गर्नुपर्ने एजेण्डा पनि आत्मसाथ गर्नुपर्ने हो । तर,यो अहिलेको नेविसंघ र संघको नेतृत्वले कदापी गर्न सकेको छैन् । समय परिर्वतन भएको छ,समयअनुसार एजेण्डा पनि परिर्वतन हुँदै गएका छन् तर समय अनुकुल मुद्दामा ने बि संघ निकै पछि परेको आभास हुन थालेको छ । समय सापेक्ष आफुलाई परिर्वतन र संचालन गर्न नसक्नु नेविसंघको ठुलो कमजोरी मात्र नभई ऐतिहासिक भूल पनि हो । नेविसंघको वर्तमान हविगत हुनुमा र परिर्वतित शन्र्दभमा आफुलाई खरो रुपले उतार्न नसक्नुमा वर्तमान नेविसंघका केन्द्रीय पदाधिकारी पूर्ण रुपले जिम्मेवार छन् । नेविसंघको वर्तमान हविगतलाई थप मलजल गरिरहेका छन् वर्तमान केन्द्रीय पदाधिकारीहरुले ।
देश गणतन्त्रमय भएको छ ,तन्त्रमा परिबर्तन भएको छ तर शैलीमा श्री ३ को छाया छ,जनता हिजोका दिनमा भन्दा आजको दिन धेरै पिडीत भएका छन् । सामाजिक दायित्व बहन गर्न ,सामाजिक,आर्थिक ,शैक्षिक ,धार्मिक आदि कुरामा जनता असुरक्षित महसुस गर्दै गईरहेका छन् । यी र यस्तै, यावत् मुद्दामा बोल्न र आफ्नो उचित धारणा राख्न पछि परेको मात्र होइन् विल्कुलै सकिरहेका छैन् वर्तमान नेविसंघ ।
देशको स्वाभिमानको रक्षा ,राष्ट्रिय एकता भाव,राष्ट्रियताप्रतिको गौरवबोध,संविधान कार्यान्वयन तथा समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न साथै स्वाविलम्बि अर्थतन्त्रको जग बसाल्न ,सन्तुलित वैदेशिक सम्बन्ध कायम गर्न साथै शैक्षिक क्षेत्रमा भएको बजारीकरण रोक्न अब नेबि संघ अगी बढ्नुपर्छ । ताकि अहिले नेविसंघभित्र व्यक्तिवादी चरित्र हावी,व्यक्तिगत स्वार्थ,आफ्नो गुटको संरक्षण र नेविसंघलाई चन्दा उठाउने भाडोको रुपमा जसरी विकसित गरिएको छ यसले नेविसंघको गौरवमय इतिहासलाई निम्टान्न पार्नु बाहेक केहि हात लाग्ने अवस्था छैन् ।
पछिल्लो चुनावमा बाम गठबन्धन स्पष्ट दुई तिहाई बहुमतमा आएको छ । परिर्वतित राजनीतिक घटनाक्रमसंगै वामगठबन्धन अधिनायकवादतिर उन्मुख छ । बामगठबन्धनले लोकतन्त्रलाई नै मास्ने प्रपञ्चन गरिरहेको छ । यो तथ्य स्वयम् वामगठवन्धनका जिम्मेवार नेताको अभिव्यक्तिवाट पनि पुष्टि हुन्छ । यस्तो,नाजुक अवस्थामा मुलुकको लोकतन्त्र बचाउन र मुलुकलाई अधिनायकवादतर्फ जान रोक्नको लागि र साथै विश्वबाट लोप भएको कम्युनिष्ट शाशनलाई नेपालमा प्रयोग हुन नदिन नेविसंघको काँधमा ठुलो जिम्मेवारी आएको छ । त्यसकारण संगठनभित्र गुट–उपगुट त्यागेर एकजुट भई परिर्वतिति राजनीतिक घटनाक्रमको मुकाविला गर्नको लागि तयार रहनु नेविसंघको लागि टट्कारो कार्यभार देखिएको छ ।
अहिले संगठनभित्र जुन भाडभैलो,गुट–उपगुट देखिएको छ यसले केहि सिमित व्यक्तिको क्षणिक स्वार्थपूर्ति त होला तर जनता,विद्यार्थी र नेविसंघप्रतिको आम जनताको विश्वास,संगठनको गौरवमय इतिहास र संगठनको जिवनको लागि कदापी हित हुने छैन् । नेविसंघ कसैको पेवा होइन्,पेवा सम्झेर आफ्नो स्वार्थसिद्धको लागि नेविसंघको इतिहास मेटाउन पाइँदैन । व्यक्तिगत,गुटगत स्वार्थलाई त्यागेर गौरवमय इतिहास बोकेको नेविसंघलाई समयअनुसार अगाडी बढाउनु नेपाली जनता,तमाम विद्यार्थी र स्वयम् संगठनको हितमा हुनेछ ।


