![]()
रुपन्देही,बैशाख ।
प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेलको हत्या पुन समूहले नै गरेको थियो । केही समयअघि प्रहरी इन्काउन्टरमा पुन पनि मारिएका छन् ।
रुपन्देही प्रहरीका अनुसार मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले भनेः‘हिजोको दिनसम्म कुनै उद्योगीले मुख खोलेनन् । तर, अहिले ४०० जनाको नाम डायरीमा छ,पैसा उठाएकाहरुको नाम मनोजको डायरीमा भेटिएको छैन ।’
मनोजको समूहले उठाएको रकममध्ये धेरै जोगेन्द्रले लिएको अनुमान छ । जोगेन्द्र भारतीय नागरिक हुन् तर, उनले नेपालको पनि नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैको सम्पत्ति छानविन हुने रुपन्देहीका एसपी ज्ञवालीले बताए ।


