Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पत्रकारलाई खुशी पार्ने बिद्यासुन्दरको जुक्ति, सगरमाथा चढन पत्रकारलाई २५ लाख सहयोग

Loading

काठमाडौं । काठमाडौं महानगरपालिकलाई बिश्वकै नमूना शहर बनाउँछु भन्दै मेयर पदमा निर्वाचित बिद्यासुन्दर शाक्य राम्रा कामले भन्दा विवादास्पद कामले बढी चर्चामा आउने गरेका छन । कहिले आफूलाई सुविधासम्पन्न करोडौंको गाडी, कहिले जनप्रतिनिधिलाई मोबाइल त कहिले काठमाडौंका खाल्डा पुर्ने मेरो काम होइन भन्ने अभिव्यक्ति दिएर । जनतासामु कबुल गरे बमोजिम काम गर्न नसकेपछि मेयर शाक्य निकै आलोचित छन । उनलाई भोट दिने मतदाता समेत पश्चाताप गरिरहेका छन । स्वयं उनको पार्टी नेकपा एमाले पनि उनीबाट खुशी छैन । काठमाडौं महानगरपालिका धुलो धुवाँ र हिलोबाट ग्रसित भएकाबेला मेयर शाक्यले भने सगरमाथालाई चढने पत्रकारलाई २५ लाख रुपैयाँ दिएर अर्को विवादास्पद काम गरेका छन ।

मेयर शाक्यले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेका हुन । पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने उनले बताए । आफूबिरुद्ध आउने नकारात्मक समाचार रोक्न उनले गरेको हर्कत उनकै लागि आत्मघाती हुने देखिएको छ ।

आरोहण टोली प्रमुख रोजित वुद्धाचार्यले फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रवद्र्धनमा सक्रिय रहने बताइन् । आरोही अन्य महिलामा कल्पना महर्जन, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की र चाम्लिङ राई छन् । आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed