![]()
काठमाडौ,बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिरहा जाँदै छन् । सिराहाको कल्याणपुरमा रहेको रामदुलारी मावि पुगेर उनले एक बालिकालाई स्कुल भर्ना गर्ने कार्यक्रम छ । ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई उहाँले स्कुल भर्ना गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देशभरमै कम साक्षरता रहेको डोम समुदायका बालबालिकालाई पढ्न पठाउने अभियान अनुसार प्रधानमन्त्री आफैं स्कुल पुगेर बालिकालाई भर्ना गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार यसअघि मुगकी एक बालिकालाई स्कुल भर्ना गरिसकेका छन् । मुगुम कार्मारोंग गाउँपालिकाकी ६ वर्षीया थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले १ गते स्कुल भर्ना गरिदिएका हुन् ।
प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गरेका छन् । यसअनुसार मन्त्री, सांसद तथा कलाकारले देशका बिभिन्न ठाउँका बालबालिकालाई स्कुल भर्ना गरेका छन् ।


