![]()
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगामी जेठको पहिलो साताबाट २१ घण्टा संचालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो हप्ताबाट अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको हो । विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल सम्भव नदेखिएको पनि उनले जानकारी दिए ।
पर्यटनविद्हरुको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले हवाई स्थानको उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारीमा आफू रहेको बताए । उनले छिट्टै झापाको भद्रपुरमा रातमा विमान चलाउने र पोखरामा भने रात्री उडान भर्न तत्काल सम्भव नरहेको बताए ।
मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत र्पुयाउने महत्वकांक्षी योजना मन्त्री अधिकारीले दोहोर्याए । ‘मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार मान्ने हो भने त्यसले कम्तीमा पनि २५ प्रतिशत योगदान दिनुपर्छ’ उनले भने ।


