![]()
मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर ३ को राजधानी हेटौंडाबाट अन्यत्र नसार्न मुख्यमन्त्री डोरमणि पौडेललाई दबाब दिएका छन ।
सभापति देउवाले मंगलबार मुख्यमन्त्री पौडेललाई भेटी प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न दबाब दिएका हुन ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरे।


