Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । पाकिस्तान–अफगानिस्तान सीमाको डुरण्ड लाइनमा भएको हिंसामा पाँच पाकिस्तानी सेनाको ज्यान गएको छ भने एक सैनिक घाइते भएका छन् ।

सीमा क्षेत्रमा रहेका अफगानिस्तानका आदिवासी समुदायका मानिसले पाकिस्तानी सेनामाथि आक्रमण गरेका हुन् । अफगानिस्तानको खोश्त प्रान्तका गभर्नर हुकुम खान हबिबिले पक्राउ परेका र मारिएका सेनाको शव पाकिस्तानी सेनालाई बुझाइएको बीबीसीले उल्लेख गरेको छ ।

पाकिस्तानले सीमा गरेको कडाईका कारण झडप भएको हो । त्यसक्रममा अफगानिस्तानका पनि दुई सर्वसाधारण नागरिकको ज्यान गएको र अन्य तीनजना घाइते जनाइएको छ ।

पाकिस्तानी सैनिक अफगानिस्तानको क्षेत्रमा प्रवेश गरेकाले अफगान सेना र स्थानीय आदिवासी समुदायले उनीहरुमाथि गोली चलाएको अफगान अधिकारीले बताएका छन् ।

पाकिस्तान र अफगानिस्तानको नक्सामा औपचारिक रुपले दुई देशलाई छुट्याउने रेखालाई डुरण्ड लाइन भन्ने गरिन्छ । दुई देशबिचको सीमाको लम्बाई २५०० किलोमिटर छ । यो क्षेत्रमा धेरैजसो पहाडी तथा दुर्गम क्षेत्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed