Breaking News.... EverestOnlineKhabar
August 15, 2026

प्रीतिजिन्टाको पञ्जाबले जित्यो, चेन्नाई ४ रनले पराजित

Loading

एजेन्सी । किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । चेन्नई सुपर किङसलाई ४ रनले हराउदै पञ्जाबले दोस्रो जित निकालेको हो ।

मोहलीस्थित इस विन्द्रा रंगशालामा पञ्जाबले दिएको १९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन मात्र बनाउन सक्यो । चेन्नईको लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ७९ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

विस्फोटक ब्याटिङ गरेका धोनीले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै चेन्नईको लागि अम्बाती रायडुले ४९, रविन्द्र जडेजाले १९ तथा मुरली विजयले १२ रन जोड्दा शेन वाट्सन ११ रनमा पेभेलियन फर्किए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले पुरै २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाएको थियो । पञ्जाबको उच्च स्कोरमा क्रिस गेलले विस्फोटक ब्याटिङ गरेका थिए । मात्र २२ बलमा अर्धशतक बनाएका गेलले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६३ रन बनाए । यस्तै लोकेश राहुलले ३७, मायांक अग्रवालले ३० तथा करुण नाएरले २९ रन जोडेका थिए ।चेन्नईका सार्दुल ठाकुर र इमरान ताहिरले समान २ – २ विकेट लिए ।

यो जितसँगै पञ्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । जितसँगै पञ्जाबले दोस्रो स्थानमा उक्लिएको छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको चेन्नई ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिगमा चेन्नईको यो पहिलो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed