Breaking News.... EverestOnlineKhabar
August 14, 2026

अमेरिकाले सिरियामाथि थप हमला गरे बिश्व नै अस्तव्यस्त हुन्छ : पुटिन

Loading

बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्ध पश्चिमा शक्तिहरूले थप क्षेप्यास्त्र हमला गरे त्यसले अन्तर्रा्ष्ट्रिय स्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन ।

इरानी राष्ट्रपति हशन रुहानीसँग भएको टेलिफोन कुराकानीका क्रममा सिरियाली सरकारका दुई महत्त्वपूर्ण साझेदारले ती हमलाले सिरियामा ’राजनीतिक निकासको सम्भावनालाई क्षीण पारेको’मा सहमति जनाएका छन्।

रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन (ओपीसीडब्ल्यू)का अनुगमनकर्ताहरुको एउटा टोली रासायनिक हमला भएको भनिएको सिरियाको डुमा नगरतर्फ छानबिनका लागि जाने ठानिएको छ।

गत हप्ता दर्जनौँ मानिसको ज्यान जाने गरी डुमामा रासायनिक हमला भएको बिषयमा शक्ति राष्ट्रहरु आरोप प्रत्यारोपमा उत्रिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed