![]()
काठमाडौं । काठमाडौंको टोखा ७ धापासी हाइटमा ३२ बर्षीया युवतीको रहस्यमय हत्याबारे प्रहरीले निष्कर्ष निकालेको छ । धापासी हाइटमा बस्दै आएकी गोरखा घर भएकी ३२ वर्षीय पूर्णिमा विकको हत्या उनकै प्रेमी बिजय तामाङले गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पूर्णिमाका प्रेमी भनिएका पर्सा ठोरी स्थायी घर भई धापासी बस्दै आएका तामाङलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलका अनुसार पूर्णीमालाई उनका श्रीमानले छाडेको र उनी मजदुरी गर्दै आएकी थिइन् ।
यहीबीचमा उनको निकटता विजयसँग बढेको र पछिल्लो ७ महिनादेखि सँगै बस्दै आएका थिए । पछिल्लो समय पूर्णीमा कोठामा नआउने र अरुसँग नजिकिएको थाहा पाएपछि आफूले ढुङ्गाले हानेर हत्या गरेको प्रेमीले बयान दिएका छन् ।
प्रहरीका अनुसार पूर्णीमाको हत्या गरेपछि उनले कोठामा पुगेर खाना पकाएर खाएका थिए । पूर्णीमालाई आफूले आइतबार पनि कोठामा जान आग्रह गरेको र नमानेपछि ढुङगाले हिर्काएको बताएका छन् । विजयको कोठामा रगतले लतपतिएको पाइन्ट समेत फेला परेको छ ।


