Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रूसी राष्ट्रपति पुटिनद्वारा अमेरिकी हमलाको निन्दा

Loading

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो साझेदार सिरियामाथि पश्चिमाहरूको हमलालाई ’एकदम गम्भीर रूपमा’ निन्दा गरेका छन्। रुसले राष्ट्रसंघको आपत्कालीन बैठक बोलाउन माग गर्ने उनले बताए।

रुसको सरकारी टेलिभिजनबाट प्रसारित एउटा वक्तव्यमा पुटिनले सिरियामाथि हमला ’हस्तक्षेपकारी कदम’ भएको आरोप समेत लगाए। उनले डुमामा गत हप्ताको शंकास्पद रासायनिक हमला नियोजित रूपमा कसैले गराएको र त्यसलाई आक्रमण गर्न बहानाका रूपमा प्रयोग गरिएको बताए।

अमेरिकी नेतृत्वको हमलाले सिरियास्थित रुसी नौसैनिक र हवाई अखडा नजिकको क्षेत्रहरूलाई निशाना नबनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ।

उसले दमास्कस नजिक एउटा सैन्य अखडामा प्रहार गरिएका सबै १२ वटा क्रुज क्षेप्यास्त्रलाई सिरियाली तोपहरूले खसालिदिएको पनि जनाएको छ। यद्यपि उसले कुनै प्रमाण चाहिँ दिएको छैन।

सिरियाली राष्ट्रपति बशर अल असदको समर्थनमा रुसी सेनाले सन् २०१५ मा हवाई आक्रमण शुरू गरेको थियो जुन असदको पक्षमा युद्ध पार्नका लागि महत्त्वपूर्ण साबित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed