Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । अमेरिकी नेतृत्वमा बेलायत र फ्रान्सले गरेको आक्रमणपछि पनि दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन्छन्।
जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन । पसलहरू खुला छन् र मानिसहरू काममा गइरहेका देखिन्छन्।

सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिसहरू भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति बशर अल असदको पक्षमा नाराबाजी गरिरहेका छन्। कतिपय प्रदर्शनकारीले असदको तस्वीर बोकेका छन्।

उनीहरू भन्छन, “आफूहरू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भन्न चाहन्छौँ र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको हाम्रो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन सक्दैन।“

उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन्।
सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed