Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भारतमा हावाहुरीका कारण १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति

Loading

 बीबीसी।  भारतको उत्तर प्रदेश राज्यमा वर्षासहितको उच्च गतिको हावाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले  दिएको जानकारीअनुसार प्रतिघन्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो ।

उत्तर प्रदेशको ब्राजनजिकै भीषण वर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले जनाएको छ ।उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि वर्षासहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘अहिलेसम्म प्राप्त विवरणअनुसार आग्रामा ८ जनाको मृत्यु भएको छ भने चारजनाको मथुरामा र दुईजनाको फिरोजावादमा मृत्यु भएको छ’–एक अधिकारीले भने ।

विनाशकारी हावाहुरीले ताजमहलमासमेत क्षति पुर्‍याएको छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ताजमहल भारतको ऐतिहासिक प्राचीन सम्पदा हो । योे विश्वकै सात आश्चार्यमध्येको एक सम्पदाकारुपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पनि हो ।

‘हावाहुरी र पानीले गर्दा प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्सानी भएको छ । त्यसैगरी, अर्को ठाउँमा रहेको अर्को पोलमा पनि क्षति पुगेको छ’–एक अधिकारीले भने ।

भुइँतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

भारतीय सन्चारमाध्यमहरूले विनाशकारी हावाहुरी र वर्षाका कारण पश्चिमी राजस्थान राज्यमा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.