![]()
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम छनौट भएको छ।
नील हिरा समाजको खेलाडी छनौटका लागि गठन गरेको समितिले ६३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक खेलाडीहरुको नाम छनौट गरेको हो। समाजले दिएको जिम्मेवारीअनुसार उनीहरुले ६३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक खेलाडीको नाम छनौट गरेका हुन्।
समितिका सदस्यहरुले दिएको नामावलीअनुसार पूर्व क्षेत्रबाट नुमिहाङ राई, सम्राट चौधरी, कृष्ण तामाङ, रुविना नेपाल, चञ्चला सुब्बा, अनिल भगत, विनोद मैनाली, रामप्रकाश चौधरी र उमाकान्त चौधरी छनौट भएका छन्।
मध्यपश्चिम क्षेत्रबाट सुजाता चौधरी, मोनिका चौधरी, मुस्कान डाँगी, वर्षा थापा, निर्जला मगर, शिला गुरुङ, दुर्गा मल्ल, अंकित पुन र नविन चौधरी टोलीमा परेका छन्।
यस्तै, काठमाडौंबाट दुई टिममा रहने खेलाडीको नाम पनि छनौट भएको छ। काठमाडौंबाट विश्वराज अधिकारी, सिफोरा गुरुङ, सिम्पल बिष्ट, श्याम राना, अवि जैशी, मुस्कान गुरुङ, पृथ्वी चौधरी, पल्लवी शर्मा र सहारा केसीको नाम छनौट भएको छ। काठमाडौंबाटै नवराज कार्की, मनिल सिंह, बसन्त कडायत, ज्याकी श्रेष्ठ, भक्ति शाह, सुदीप गौतम, राजु धिमाल, सिर्जु थापा र भक्त बलायरको नाम पनि छनौट भएको छ।
पश्चिम क्षेत्रबाट पिताम्वर क्षेत्री, गोविन्द नेपाली, विन्दिया गौतम, राज मंगल लोध, सुग्रिव प्यासी, उदय बहादुर थापा, अवान्तिका घर्ती, रोहित चौधरी र रिना राना रहेका छन्।
यस्तै, सुदूरपश्चिम क्षेत्रबाट आशिका चौधरी, निरङ चौधरी, भगत राम चौधरी, राज चौधरी, अनिषा धमला, दुर्गा भाट, करुणा नेपाल, राज राना र सन्दिप भुजेल रहेका छन्।
केन्द्र टोली नाम दिइएको क्षेत्रबाट देव श्रेष्ठ, अमित अधिकारी, जिना मगर, कल्पु गुरुङ, यादव चौधरी, सुमन कुमाल, सल्लु विक, गंगा चौधरी र गणेश साह रहेका छन्।
समितिमा संजय शर्मा, विश्वराज अधिकारी, भक्ति शाह, सुदीप गौतम र अपेक्षा दाहाल रहेका थिए। उनीहरुलाई सात वटा टिममा रहने समुदायका खेलाडीको नाम छनौट गर्ने जिम्मेवारी थियो।
प्रतियोगिता बैशाख ७ र ८ गते काठमाडौंमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगितामा पहिलो हुने टोलीले ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ। सहभागी टिमलाई गाडी भाडा, दैनिक भ्रमण भत्ता र खेल पोशाक (जुत्ता, मोजासहित) परिषद्ले उपलब्ध गराउने छ। प्रतियोगिताको अनुमानित खर्च १० लाख ५० हजार रहने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।


