Breaking News.... EverestOnlineKhabar
October 3, 2026

भारतीय जनता पार्टीका सांसदविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु

Loading

बीबीसी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल भारतीय जनता पार्टीका एकजना सांसदविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको छ । उनीविरुद्ध परेको उजुरीको छानबिन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ ।

भारतीय जनता पार्टीको उत्तर प्रदेशका राज्यसभा सांसद कुलदिप सिंह र उनका एकजना भाइविरुद्ध एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । त्यससम्बन्धी उजुरी परेकाले प्रहरीले बिहीबारबाट उक्त फाइल अध्ययन गरेको जनाएको छ । तर, प्रहरी भने कानुनीरुपमा के–कसरी अनुसन्धान अघि बढाउने भन्नेबारेमा त्यति स्पस्ट देखिएको छैन ।

५१ वर्षीय सांसद सिंह सो प्रदेशको एकजना शक्तिशाली राजनीतिज्ञ हुन् । सोही कारण प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पनि नसकेको भन्दै आलोचना भएको थियो । उक्त प्रदेशका मुख्यमन्त्रीले उनलाई नियन्त्रणमा लिन अनुमति नदिएसम्म प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्नपनि सकेको छैन ।

उत्तर प्रदेशका प्रहरीप्रमुख ओमप्रकाश सिंहले भने–‘सांसद सिंहकाविरुद्धमा बालिका बलात्कारको मुद्दा परेको छ र यसमा अब प्रहरी कसरी अघि बढ्ने भन्नेबारेमा हामी सल्लाह गरिरहेका छौं ।’

गत वर्षको जुन महिनामा ती बालिकालाई अपहरण गरी बलात्कार गरिएको बताइएको थियो । पछि अनुसन्धानकाक्रममा प्रहरीले ती सांसदलाई नियन्त्रणमा लिन सकेको थिएन । गत हप्तामात्र ती बालिकाको बुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो र निर्घात् कुटपिट गरेको बताइएको थियो । प्रहरीको कुटपिटबाटै ती बालिकाका बुवाको प्रहरी हिरासतमै निधन भएको छ ।

ती बालिकाले आफ्ना बुवालाई प्रहरीले ती सांसदकाविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएको र प्रहरीकै कुटाइबाट निधन भएको भन्दै गत शनिबारमात्र उत्तर प्रदेशका मुख्यमन्त्रीको निवासअघि आत्मदाह गर्ने प्रयास गरेकी थिइन् । यो घटनाले भारतीय सन्चारमाध्यममा ठूलो चर्चा पाएको छ । उनीहरुले प्रहरीले पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिएको भनी समाचार प्रकासन/प्रशारण गरेका छन् ।

भारतमा बलात्कारका घटनामा वर्षेनि वृद्धि भइरहेको बताइन्छ । पछिल्लो वर्ष अर्थात् सन् २०१७ मामात्र कम्तीमा पनि ४० हजार बलात्कारका घटना दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed