![]()
काठमाडौ,चैत ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज बिहान दर्ज्यानी चिह्न पाएका छन् । आईजीपीद्धयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले बिहीबारै आफ्नो कार्यभार सम्हालेका छन् । सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।


