Breaking News.... EverestOnlineKhabar
August 15, 2026

मिस नेपाल २०१८ को ताज शृङ्खला खतिवडालाई

Loading

काठमाडौ,चैत ।
मिस नेपाल २०१८ को ताज शृङखला खतिवडाले पहिरिएकी छन् । काठमाडौंमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१८ को ताज पहिरिएकी हुन् । हेटौंटा घर भएकी २२ वर्षकी खतिवडाले ताजसहित एकलाख रुपैयाँ नगद जितेकी छन् ।
त्यसैगरी काठमाडौंकी २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल, प्रिया सिग्देश मिस नेपाल अर्थ, गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स भएका छन् ।
विजेता सबैलाई ताजसहित एकलाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । यही वर्षदेखि मिस नेपालका चार मुख्य उपाधि विजेतालाई पहिलो पटक उस्तै पुरस्कार प्रदान गरिएको हो ।
मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल युनिभर्सको उपाधिका विजेतालाई आकर्षक क्राउनसहित १–१ लाख रुपैयाँ प्रदान गरिएको छ ।
यी चारै जना विजेताले आगामी वर्ष विभिन्न देशमा सञ्चालन हुने मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स र मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । २० जना प्रतिस्पर्धी रहने गरेकोमा यो २३ औं संस्करणबाट २५ जना सहभागी गराउन थालिएको हो । काठमाडौंसहित पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका युवतीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपालसँगै अमेरिका, बेलायत, अस्ट्रेलिया तथा स्पेनमा बसोबास गर्दै आएका नेपाली युवतीले पनि प्रतियोगितामा सहभागीता जनाएका थिए ।
प्रतिस्पर्धीहरूलाई ७ हप्ता प्रशिक्षण दिइएको थियो । ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर रचना शर्मा गुरुङसहित अनिल रघुवंशी, न्यायधीस सपना प्रधान मल्ल, उद्योगी भवानी राणा, प्रतिभा श्रेष्ठ, प्रचण्डमान श्रेष्ठ, सुमन शाक्य, श्रद्धा मास्के, राजश्री राणा, रचना शर्मा लगायतले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed