Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री श्रीरेड्डी मल्लिडीले सार्वजनिक स्थलमै कपडा उतारेकी छन्। फिल्म उद्योगमा बढ्दो यौन उत्पीडनविरुद्ध विरोध जनाउँदै अघिल्लो साता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एशोसियसनको कार्यालय अगाडि श्रीरेड्डीले आफ्नो कपडा उतारेकी हुन्।

महिलाहरूको बाध्यता देखाउन र सरकारलाई आफ्नो मागप्रति उत्तरदायी बनाउनका लागि आफूले यो विकल्प रोज्न बाध्य भएको उनले बताएकी छिन्। ‘जब फिल्मी दुनियाँका हस्तीहरू नै मलाई मेरो नग्न तस्वीर भिडियो पठाउ भन्छन् भने मैले सार्वजनिक रुपमै कपडा किन नउतारु’, उनले प्रश्न गर्दै भनेकी छिन्।

उनले अगाडि भनेकी छिन्– ‘आफ्नो लडाईमा म बेसहारा (एक्लै) छु। किनकी मेरो पीडा कसैले देखिरहेको छैन्। जसका कारण मैले यति ठूलो कदम उठाउनुपर्यो र मैलै सार्वजनिक रुपमा कपडा उतारे।’

टेलिभिजन च्यानलमा उद्घोषिकाबाट करियर सुरु गरेकी श्रीरेड्डी ५ वर्षपछि फिल्मी उद्योगमा आएकी थिइन्। उनले केही तेलगू फिल्ममा स–साना रोल गरेकी छिन्। उद्योगमा स्थापित हुन संघर्षरत रहेका बेला उनलाई फिल्ममा राम्रो अवसरका लागि निर्माता–निर्देशकले यौन प्रस्ताव गरेपछि उनले आफ्नो पीडा कपडा खोलेर पोखेकी हुन्। यो घटना पछि उनी निकै चर्चामा आएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.