Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

एजेन्सी । पूर्वकप्तान माइकल क्लार्कले बल–टेम्परिङ घटनापछि अस्ट्रेलियाली क्रिकेट टोलीमाथिको संकट टार्न आफू संन्यास फिर्ता लिन तयार भएको  बताएका छन्।

दुई साताअघि दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टदौरान बल–टेम्परिङ घटनामा मुछिएपछि क्रिकेट अस्ट्रेलिया (सिए) ले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक वर्षको र ओपनर क्यामरुन बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएपछि अस्ट्रेलियाली टोली अहिले नेतृत्वविहीन छ।

‘म अस्ट्रेलियन क्रिकेट टोलीमाथि परेको संकट टार्न जे गर्न पनि तयार छु,’ ३७ वर्षे क्लार्कले भने, ‘उमेर भनेको उमेर हो । मैले उमेरका बारेमा कहिल्यै सोचिनँ । ब्राड हगले ४५ वर्षसम्म खेले । त्यसैले उमेरभन्दा पनि कसले कस्तो प्रदर्शन गर्छ र टोलीलाई कस्तो योगदान पुर्याउँछ त्यो महत्वपूर्ण पक्ष हो।’

पूर्वब्याट्सम्यान क्लार्कले यसबारेमा क्रिकेट अस्ट्रेलिया (सिए)का प्रमुख कार्यकारी जेम्स सुथरल्यान्ड जानकारी गराए पनि उनले कुनै जबाफ नदिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.