Breaking News.... EverestOnlineKhabar
June 6, 2026

हिरासतमा रहेका आफना अमेरिकी पतिलाई पोर्नस्टार अर्चनाको ‘म्यासेज’

Loading

काठमाडौं । ’पोर्न स्टार’ बन्ने भन्दै चर्चामा रहेकी मोडल अर्चना पनेरुकी पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइस अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बलम्बुस्थित एक घरबाट प्राइसलाई पक्राउ गरेको थियो। प्राइस बस्ने घरबाट प्रहरीले २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो । सो घरमा थुप्रै प्रयोग भएका र नभएका कन्डमसमेत भेटिएका थिए।
हिरासतमा रहेका उल्फलाई पनेरुले मोबाइलमा म्यासेज गरेर ’तपाईँलाई त प्रहरीले पक्राउ गरेछ नि’ भन्दै प्रश्न गरेकी छिन्। अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ’पनेरुले प्राइसलाई समय–समयमा म्यासेज गरेको पाइएको छ।’

अर्चनाले केही महिना अगाडि आफ्नो फेसबुकमा प्राइससँग बिहे गरेको फोटो हालेकी थिइन्। तर, पछि उनले बिहे भएको नभइ प्राङ्कमात्र गरेको बताउँदै आएकी थिइन्।

प्रहरीले १२ वर्षीय दुई बालकलाई समेत प्राइसको कोठाबाट उद्दार गरेको थियो। प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन्। रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए। प्राइसकी आमा अमेरिकाको एक टेलिभिजनमा कार्यरत छिन्।

प्राइस ५ वर्षदेखि नेपालमा बस्दै आएको खुलेको छ। भिसा म्याद थप गर्दै सन् २०१३ देखि उनी नेपालमा छन्। उनले काठमाडौंको बलम्बुमा घर नै लिएर यौन धन्दा गरेको खुलेको छ । प्राइसले भाडाको घरमा युवतीहरु ल्याइरहन्थे। घरसँगै उनले होटेल समेत संचालन गरेको पाइएको छ ।

काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed