![]()
एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आइतबार नेपाली खेलाडी समावेश रहेको दिल्ली डेयरडेभिल्सले किंग्स ११ पञ्जावसँग भिडिरहेको छ ।
गौतम गम्भिरको कप्तानीमा रहेको दिल्लीको प्लेइङ ११ मा नेपाली खेलाडी सन्दीप लामिछाने पर्न सकेनन । एक खेलमा चार विदेशी खेल्न पाउने प्रावधान अनुसार दिल्लीको टिममा क्रिस मोरिस, कोलिन मनरो, ड्यानिएल क्रिस्टियन र ट्रेन्ट बोल्ट प्लेइङ ११ मा परेका छन्।
उता पञ्जावको टिममा पनि क्रिस गेल पर्न असफल रहे।


