Breaking News.... EverestOnlineKhabar
June 6, 2026

आईपीएल ११ औं संस्करणको पहिलो खेलः चेन्नईको रोमाञ्चक जित

Loading

मुम्बई,चैत ।
इन्डियन पिमियर लीग (आईपीएल)को ११ औं संस्करणमा चेन्नई सुपरकिंग्सले साविक विजेता मुम्बई इन्डियन्सलाई हराएको छ । मुम्बईको वानखेडे मैदानमा चेन्नईले १ बल बाँकी छँदा १ विकेटको रोमान्चक जित हासिल गर्‍यो । चेन्नईको जितमा ड्वेन ब्राभो नायक बने । ब्राभोले विष्फोटक व्याटिङ गर्दै ३० बलमा ६८ रन योगदान गरे ।
मुम्बई इन्डियन्सले चेन्नईलाई १६६ रनको लक्ष्य दिएको थियो । तर, चेन्नईको सुरुआत खराब रह्यो । सुरुआती ५० रन बनाउँदा नै चेन्नईले चार विकेट गुमाइसकेको थियो । पवेलियन फर्किनेहरुमा कप्तान महेन्द्र सिंह धोनी, सुरेश रैना जस्ता महत्वपूर्ण व्याट्सम्यानहरु थिए ।
त्यसपछि पनि चेन्नईको विकेट निरन्तर झरिरह्यो । १७ औं ओवरसम्म चेन्नईले लगभग आफ्नो पकड गुमाइसकेको थियो । चेन्नईले जित्ने आश सबैले मारिसकेका थिए । उता मुम्बईका खेलाडी र समर्थकहरु आफूहरुको जित हुनेमा विश्वस्त देखिन्थे ।
तर मुम्बईको जित र चेन्नईको हारको बीचमा ब्राभो खडा भए । उनले १८ औं र १९ औं ओभरमा मैदानको चौरतिर यस्ता ह्वाइट शट खेलेकि अचानक खेलको माहोल बदलियो ।१७ औं ओभरसम्म ११८ रनको स्कोरमा ८ विकेट गुमाइसकेको चेन्नईले १९ औं ओभरसम्म आइपुग्दा १५९ रन बनाउन सफल भयो । अब चेन्नईलाई ७ बलमा ७ रन आवश्यक थियो । त्यही बेला ब्राभो ह्वाइट शट खेल्ने क्रममा क्याच आउट भए । ब्राभोले आफ्नो पारीमा तीन चौका र सात छक्का प्रहार गरे ।
यसपछि रिटायर्ड हर्ट भएर पेवेलियनमा बसेका केदार जाधव मैदान छिरे र अन्तिम ओभरको चौथो बलमा छक्का र फेरि पाँचौ बलमा चौका हाने । केदारले नै १ विकेटको जित चेन्नईको पोल्टामा हालिदिए । उनले २२ बलमा २४ रनको महत्वपूर्ण पारी खेले । मुम्बईको तर्फबाट हार्दिक पाण्ड्या र मयंक मरकन्डेले तीन–तीन विकेट लिए । चेन्नईको तर्फबाट शेन वाटसनले दुई तथा इमारान ताहिर र दीपक चाहरले एक–एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed