Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

विराटनगर,चैत ।
हिन्दु धर्मगुरु श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको छ । गएराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उहाँमाथि गोली प्रहार भएको स्थानीयबासिन्दाले जनाएका छन् ।  तीन गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ ।

कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि न्यूरोमा उपचार भइरहेको र काठमाडौंबाट सर्जनहरुको टोली विराटनगर जान लागेको पनि अस्पतालमा रहेका उहाँका शुभचिन्तक र स्थानीयबासिन्दाले जनाएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन ।
सुनसरीको चतारा धाममा बस्दै आएका श्रीनिवासलाई फोनबाट यसअघि पनि पटक–पटक गोली हान्ने धम्की आउने गरेको थियो । श्रीमदभागवत सप्ताह लगाउनका लागि उहाँ चताराबाट विराटनगर जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed