![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र त्यहाँ हुने सहमति र समझदारीको बिरोधमा चार कम्युनिष्ट पार्टीले काठमाडौंमा बिरोध गर्ने भएका छन ।
नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रमसिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री ओलीको भ्रमण र सम्भाव्य सहमतिको बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
चार दलको बैठकले बिज्ञप्ती जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतवीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्ने, चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्र रुपमा उद्घाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौमा विरोध प्रदर्शन गर्ने र बैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने उल्लेख छ ।
त्यसैगरी चारवटै पार्टीले शान्तिपूर्ण संगठन र भेलामा सरकारी दमनको विरोध गरेका छन् ।


