Breaking News.... EverestOnlineKhabar
June 5, 2026

भ्रष्टाचार अभियोगमा ब्राजिलका पूर्व राष्ट्रपति सिल्भालाई १२ कैदको फैसला

Loading

बीबीसी । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति लुइज् इनासियो लुला दा सिल्भाले भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैद सजाय सुरु गर्नु पर्ने फैसला सुनाएको छ।

घण्टौंसम्म चलेको कानुनी बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए। लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमुक्त हुन पाउनु पर्ने दलिल पेस गरेका थिए।

अदालतको पछिल्लो फैसला आगामी अक्टोबर महिनामा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारी गरिररहेका ब्रजिलका वामपन्थी नेतालाई ठूलो धक्का दिएको छ।

मुद्दा चल्दै गर्दा लुलाको पक्ष र विपक्षमा प्रदर्शनहरू भएका थिए। ७२ वर्षीय लुलाको दाबी छ उनीविरुद्धको मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित छ र त्यो उनलाई चुनावमा भाग लिन नदिनका लागि ल्याइएको हो।

लुलाको वर्कर्स पार्टीले उनीविरुद्धको अदालती निर्णय “प्रजातन्त्र र ब्रजिलको लागि दुःखद“ भएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed