![]()
बीबीसी । सामान्य परिवारमा मात्रै होइन, राजपरिवारमा पनि सासु बुहारीबिच झगडा हुने गरको प्रमाण स्पेनमा फेला परेको छ । स्पेनको राजपरिवारमा सासु बुहारीबिच भएको झगडाले उग्र रुप लिएपछि राजाले नै मध्यस्थता गर्नुपरेको छ ।
स्पेनको राजपरिवारमा भएको आन्तरिक झगडाको भिडियो सार्वजनिक भएपछि त झन यो कुरा संसारभर फैलिएको छ । भिडियोमा स्पेनकी रानी लेतिजिया र उनकी सासु रानी सोफियाबिच झगडा भएको देख्न सकिन्छ ।
मालोर्का आइल्याण्डमा भएको इस्टर मासको क्रममा खिचिएको भिडियोमा रानी लेतिजियाले सासु सोफियालाई आफ्नी छोेरीसँग फोटो खिच्न नदिएको र त्यसपछि छोरीको काँधमा रहेको सोफियाको हात हटाएको देखिएको छ ।
राजा फिलिपे आइपुग्नु अघि दुई रानीबिच भनाभन पनि भएको थियो । स्पेनिस मिडियाले यसलाई राजपरिवार भित्रको तनावपूर्ण अवस्थाको रुपमा चित्रित गरेका छन् । यो घटना हुँदा राजा फिलिपेका बुवा आन कार्लोस त्यहिँ थिए ।

