Breaking News.... EverestOnlineKhabar
June 5, 2026

अमेरिका र चीनबीच ब्यापारिक द्वन्द्वः १०६ अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार शुल्क वृद्धि गरेको चिनियाँ घोषणा

Loading

बीबीसी । अमेरिका र चीनबीच व्यापारिक तनाव अझै थामिएको छैन । एक–अर्काको देशबाट आयात गरिने विभिन्न वस्तुमा अतिरिक्त भन्सार शुल्क लगाउनेक्रम थपिँदै गएको छ । यसक्रममा चीनले फेरि १०६ अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार शुल्क वृद्धि गरेको घोषणा गरेको छ ।

बेइजिङले अमेरिकाबाट आयात गरिने सोयाबिन, कारलगायतका १०६ ओटा वस्तुमा २५ प्रतिशत भन्सार शुल्क बढाएको हो ।
अमेरिकाले लगाएको अतिरिक्त शुल्कको पनि चीनले कडारुपमा भर्त्सना गरेको छ । ‘अमेरिकी कदमले न त उसको न विश्व अर्थतन्त्रको हित गर्ने’ चीनको भनाइ छ ।

विश्व व्यापार संगठनअन्तर्गत् विवाद समाधानमा चीनले जोड दिएको छ । वासिङ्टनले २५ प्रतिशत भन्सार शुल्क बढाएको चीनबाट आयात गरिने १३ सय वस्तुको सूची सार्वजनिक गरेलगत्तै बेइजिङले यस्तो कदम चालेको हो ।

चीनले अभ्यास गरेको अनुचित बौद्धिक सम्पत्ति अधिकारको प्रतिक्रियास्वरुप त्यहाँबाट आयात गरिने वस्तुको भन्सार शुल्क वृद्धि गरिएको ‘ह्वाइट हाउस’ले जनाएको छ ।

अमेरिकाले औषधिजन्य उत्पादन, टेलिभिजन, मोटरसाइकलजस्ता वस्तुलाई निशाना बनाएको छ । अर्थशास्त्रीहरुले चिनियाँ वस्तुमा लगाइएको अतिरिक्त भन्सार शुल्कका कारण अमेरिकी उपभोक्ताले उच्च मूल्य वृद्धिको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed