Breaking News.... EverestOnlineKhabar
June 5, 2026

क्रिकेट रंगशाला बनाउन जग्गा खोज्नका लागि धुर्मुस हेटौंडामा, पछिपछि मुख्यमन्त्री पौडेल

Loading

मकवानपुर । अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने घोषणा लगत्र्त धुर्मुस सुन्तली फाउण्डेसन जग्गा खोज्न तीव्रताकासाथ लागेका ेछ । फाउण्डेसनको टोलीले बुधबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा रंगशालाका लागि जग्गा अवलोकन गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलसहित गएको टोलीले हेटौंडा उपमहानगरपालिका ६, गौरीटारस्थित गुरुयोजनासहित निर्माणाधिन केन्द्रीय खेलकुद प्रतिष्ठानको गौरीटार रंगशालाको जग्गा हेरेको हो।

काठमाडौंको मुलपानी र कीर्तिपुर, रुपन्देहीको सैनामैना र सिद्धार्थ रंगशाला, चितवनको चित्रवन रंगशालाको अवलोकनपछि धुर्मुस सुन्तली फाउण्डेसन टोली हेटौंडा आएको हो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’, हाँस्यकलाकारहरु कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाडेँ’, मनोज गजुरेल, इन्जिनियर रविभुषण झा सहितको टोलीले निरीक्षण गरेको हो।

नेपालले पहिलोपटक एकदिवसीय मान्यता प्राप्त गरेपनि राम्रो क्रिकेट रंगशाला समेत नभएकाले निर्माणमा आफूहरु लागेको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए। जग्गा छनौट समितिले जग्गा तोकेपछि थप प्रकृया चाँडै अघि बढ्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed