Breaking News.... EverestOnlineKhabar
June 5, 2026

भारतमा पत्रकारलाई कारवाही गर्न दिएको आदेश फिर्ता लिन प्रधानमन्त्री मोदीको निर्देशन

Loading

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झुटा समाचार लेखेको वा प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न जारी गरिएको आदेश फिर्ता लिन निर्देशन दिएका छन्। उनले पत्रकारलाई सजाय दिन जारी गरेको आदेश फिर्ता लिन भारतकी केन्द्रीय सूचना तथा प्रसारण मन्त्री स्मृति इरानीलाई निर्देशन दिएका हुन ।

सूचना तथा प्रसारण मन्त्री इरानीले कुनै पनि पत्रकारले झुटा समाचार प्रकाशन गरेको वा लेखेको पाइएमा सरकारले उनीहरुलाई दिँदै आएको आधिकारिकता सरकारले खारेज गर्ने घोषणा गरेकी थिइन्। उनले पत्रकारलाई सरकारी निकायबाट मान्यता प्रदान गर्ने आधार मानिएको निर्दे्शिकामा संशोधन गर्ने प्रस्तावसमेत गरेकी थिइन्।

समाचार लेखेकै कारण पत्रकारको आधिकारिकता खारेज गर्ने मन्त्री इरानीको घोषणाको भारतका पत्रकार तथा सम्पादकहरूले ‘प्रेसमाथिको आक्रमण’ भन्दै आलोचना गरेका थिए।

भारतमा पत्रकारहरुलाई प्रेस इन्फर्मेसन ब्युरो (पिआइबी)ले सरकारी कार्यालयमा पहुँच दिने र सरकारी कार्यक्रममा जान मिल्ने खालको महत्वपूर्ण सुविधानको विशेषाधिकार प्रदान गर्ने गरेको छ।

मन्त्री इरानीले पत्रकारलाई कारबाही गर्नेबारे जारी गरेको विज्ञप्तिमाथि प्रधानमन्त्री मोदीले तत्कालै देखाएको प्रतिक्रियाले भारतका कतिपय आलोचकको ध्यान आकर्षण गरेको छ भने केहीले मोदीको सचेत कदम भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed