Breaking News.... EverestOnlineKhabar
June 5, 2026

अष्ट्रेलियन क्रिकेटका निबर्तमान कप्तान स्मिथले प्रतिबन्धबिरुद्ध अपील नगर्ने

Loading

एजेन्सी । अस्ट्रेलियन क्रिकेटका पूर्वकप्तान स्टिब स्मिथले बल टेम्परिङ विवादमा आफूलाई सुनाइएको एकवर्षे प्रतिबन्धविरुद्ध अपिल नगर्ने बताएका छन्। स्मिथले ट्विटरमार्फत कुनैखालको अपिल नगर्ने स्पष्ट पारेका हुन्।

उनले ट्विट गर्दै भनेका छन् ‘म यो घटना भुल्नका लागि तथा आफ्नो देशको प्रतिनिधित्व गर्नका लागि जे गर्नपनि तयार छु। मैले जे भनेको छु त्यो वचनको मूल्य राख्छु त्यसैले यो घटनाको कप्तानका रुपमा पूर्णरूपमा जिम्मेवारी लिन्छु।’ उनले अगाडि लेखेका छन् ‘म यो प्रतिबन्धविरुद्ध कुनै पनि अपिल गर्ने छैन। सिएले यो प्रतिबन्ध एक कडा सन्देश दिनका लागि लगाएको हो र मैले यसलाई स्वीकार गर्नुपर्छ।’

अब स्मिथ बोर्डले नै कुनै निर्णय नगरेसम्म एक वर्ष मैदानबाहिर रहनेछन्। उनले २०१९ को विश्वकपमा भने टिममा फिर्ता हुने सम्भावना रहनेछ। दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टका दौरान स्मिथ, पूर्वउपकप्तान डेविड वार्नर र ब्याट्सम्यान क्यामरुन बेनक्राफ्टलाई बल टेम्परिङ विवादमा दोषी पाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed