Breaking News.... EverestOnlineKhabar
June 4, 2026

च्याम्पियन्स लिगःयुभेन्टसमाथि रियलको सहज जित

Loading

एजेन्सी,चैत ।
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । उनको बाइसाइकल किक गोलसँगै रियल मड्रिडले क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टसमाथि ३–० को सहज जित निकालेको छ । युभेन्टसको घरेलु मैदान ट्युरिनमा खेलमा रियलले तेस्रो मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा युभेन्टसले बराबरी गोल गर्ने अवसर खेल फाल्यो ।
६४ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गरे । इस्कोको पासमा उनले बाइसाइकल किक गोल गरे । यो च्याम्पियन्स लिगकै उत्कृष्ट गोल मध्येको एक मानिएको छ ।
लगतै युभेन्टस १० खेलाडीमाम सिमित भयो । उसका डिबालाले रातो कार्ड पाएका थिए । खेलको ७२ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई ३–० को जित दिलाए ।युभेन्टसविरुद्धको दुई गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार १० खेलमा गोलको रेकर्ड बनाएका छन् । उनले १० खेलमा १६ गोल गरेका छन् । यो सिजन १४ गोल गरेका छन् भने गत सिजनको फाइनलमा २ गोल गरेका थिए ।
यसैबीच,च्याम्पियन्स लिगको अर्को खेलमा बार्यन म्युनिखले सेभियालाई हराएको छ । बार्यनले सेभियालाई २–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा सेभियाले ३२ औं मिनेटमा अग्रता लिएको थियो । तर, नाभासको आत्मघाती गोलसँगै खेल बराबरीमा पुग्यो । दोस्रो हाफको ६८ औं मिनेटमा थिएगोले गोल गरेपछि बार्यन म्युनिख विजयी बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed