![]()
एजेन्सी,चैत ।
अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ । समाचार संस्थाहरुका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् ।
गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ । आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै लेखेका छन्ः‘हामी एक मिटिङमा थियौं । हामीले मानिसहरु भागिरहेको देख्यौं । पहिले लाग्यो कि भूकम्प आयो होला । कोठाहरु खालि भइसकेपछि पनि हामीलाई थाहा थिएन कि के भइराखेको छ । मानिसहरु भागिरहेका थिए र मामला गम्भीर जस्तो लाग्यो ।’
यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारी काम गर्छन् ।


