![]()
काठमाडौं । कलाकारको जिन्दगी आर्यघाटमा मात्र वास्तविक देखिदो रहेछ, अरु बेला त अभिनय गरेर बित्दो रहेछ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जिन्दगीभर अरुलाई हँसाए । स्टेजदेखि पर्दासम्म मदनकृष्णले सबैलाई हँसाए । यसरी हेर्दा मदनकृष्णको जिन्दगी सुखसयलमा छ भन्ने लाग्न सक्थ्यो । तर, मदनकृष्ण पनि आम मान्छे नै हुन । उनको पनि मन छ, पीडा छ । आम मान्छेले भोग्नु पर्ने नियती उनले पनि भोग्नुपर्छ ।
थुप्रै पीडा, अभाव र बेदनाले भरिएपनि मदनकृष्ण श्रेष्ठले कहिल्यै आफनो दुःख दिएनन । आफू गम्भीर बिरामी अवस्थामा रहँदा समेत थुप्रै हास्यप्रधान नाटक, फिल्म, टेलिफिल्म र मञ्चमा हाँसीहाँसी अभिनय गरे । तर, सोमबार रातीबाट उनको जीवनमा नराम्ररी ग्रहण लागेको छ । हरेक सुख दुःखमा साथ दिंदै आएकी पत्नी यशोदाले उनको साथ छोडेकी छन ।

क्यान्सर पीडित श्रेष्ठको ६७ वर्षको उमेरमा निधन भएको हो । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा वरिष्ठ कलाकार हरिवंश आचार्य, नीर शाह, सरोज खनाल, लय संग्रौला तीतो सत्य र जीरे खुर्र्सानीको समूह लगायत चर्चित कलाकारहरुको उपस्थिति थियो । सबै मदनकृष्णको दुःखमा साथ दिन आर्यघाट पुगेका थिए । मदनकृष्ण आफनी धर्मपत्नीलाई बिदाई गर्ने अवस्थामा निकै भावविह्ल भएका थिए । उनी रुँदा अन्य कलाकारका आँखासमेत आँशुले भिजेका थिए ।

कलाकार मदनकृष्णले यशोदा सुवेदीसँग २०३० सालमा विवाह गरेका थिए ।


