Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरिकामा आप्रवासनसम्बन्धी मुद्दा हेर्ने न्यायाधीशहरूलाई न्याय मन्त्रालयको दबाब

Loading

बीबीसी । अमेरिकाको न्याय मन्त्रालयले आप्रवासनसम्बन्धी मुद्दा हेर्ने न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइलाई गति दिन दबाब दिएको छ ।
“सन्तोषजनक“ कार्यसम्पादन मूल्याङ्कनका लागि न्यायाधीशहरूलाई अब वर्षमा कम्तीमा ७०० मुद्दा हेर्न दबाब दिन लागिएको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन ।

यसअघि कतिपय न्यायाधीशले करिब ६०० मुद्दा हेरेका थिए भने कतिपयले १००० सम्म मुद्दा हेरेको जनाइएको छ । तर आलोचकहरूका अनुसार नयाँ योजनाले मुद्दाहरू छिटो सक्ने क्रम बढ्न सक्छ र त्यसका कारण कानुनी प्रक्रिया प्रभावित हुन सक्छ।

करिब छ लाख मानिसहरूले विभिन्न अमेरिकी अदालतहरूबाट आफ्ना आप्रवासनसम्बन्धी मुद्दाको सुनुवाइको प्रतीक्षा गरिरहेको अनुमान गरिएको छ। अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले आप्रवासनसम्बन्धी मुद्दाको चाप घटाउनका लागि नयाँ नीति ल्याउने तयारी गरिरहेका छन्।

आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन कंग्रेस सदस्यहरूलाई आप्रवासन विरोधी “कडा“ कानुन पारित गर्न आग्रह गरेका थिए। उनी वैध कागजात नभएका आप्रवासीहरूको विपक्षमा उभिने गरेका छ्न्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed