![]()
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा एक युवतीमाथि कुटपिट गर्ने ६ जना जेल चलान भएका छन ।
घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिटको आरोपमा पक्राउ परेका उनीहरुलाई जेल चलान गरिएको हो । राधामाथी गत फागुनमा मरणासन्न हुनेगरी कुटपिट भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रामबहादुर चौधरी, किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीलाई जिल्ला कारागार कैलालीमा राखिएको छ ।


