![]()
कैलाली । कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) मा टिम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको छ ।
१३२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १८ ओभरको समाप्तिमा लक्ष्य पुरा ग¥यो । धनगढीको जितका लागि ओपनर सुनिल धमलाले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ४६ रन बनाए । ४७ बलको सामना गरेका सुनिल धमलाले ३ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, रोहन मुस्तफाले ३९ रन बनाए । अर्का ओपनर अश्फक अहमदले ३० रन बनाउदा सोनु तामाङले ७ बलमा १५ रन बनाए ।
महेन्द्रनगरका लागि बलिङतर्फ अभिनाष कर्ण र पुनित मेहराले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।


