Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सुनसरीमा आगलागी पीडितको बेहाल, गास, बास र कपासको समस्या

Loading

सुनसरी । आगलागीबाट घरवार गुमाएका सुनसरीको कोसी गाउँपालिका ६ को यादव बस्तीका १५ परिवारको विचल्ली भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले तत्कालका लागि केही राहत वितरण गरेपनि त्यो अपुग भएको छ ।

आगलागीमा ८ परिवारका १७ घरका सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि उनीहरु संकटमा परेका छन । पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार १०/१० हजार राहत वितरण गरिएको छ ।

गत आइतबार गहुँ थ्रेसर गर्ने क्रममा सल्केको आगोले १५ परिवारको बिचल्ली पारेको हो । आगलागीबाट बालबालिका, महिला तथा वृद्धवृद्धा बढी समस्यामा परेका छन । पीडित परिवार अहिले छिमेकीको शरणमा बसेका छन्। उनीहरुलाई लत्ताकपडा, खानेकुरा र सुरक्षित बसोबासको अभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed